Logo
Logo

इक्वेडरको जेलमा कैदीहरुबीच झडप, ६८ जनाको मृत्यु



काठमाण्डौ । इक्वेडरको जेलमा कैदीहरुबीच झडप हुँदा ६८ जनाको मृत्यु गएको छ । गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।

यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो । ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुँदै आएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन् ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्