Logo
Logo

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने



काठमाडौं । नेकपा (एकीकृत समाजावादी) प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको हो । प्रदेश २ सरकारलाई एकीकृत समाजवादीले यस अघि नै समर्थन गरिसकेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको बताए । यस अघि नै प्रदेश २ सरकारलाई पार्टीले समर्थन दिएको बताउँदै उनले अब छिट्टै नै सरकारमा समेत सहभागी हुने बताए ।

यस्तै, बैठकले सरकारले गरेको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य राईका अनुसार बैठकमा सरकारले गरेको मुल्य बृद्धि फिर्ता लिनुपर्ने बिषयमा केन्द्रीय सदस्यले माग गरेको बताए । सोही अनुसार बैठकले सरकारसंग तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्