Logo
Logo

इजरायल सरकार भैरहवाबाट हवाई उडान गर्न इच्छुक



काठमाडौं । इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको छ । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूत हेनान गोदरलेले यस्तो इच्छा जायर गरेका हुन् ।

सो कार्यक्रममा राजदूत गोदरले मन्त्री आलेलाई इजरायल–काठमाडौँ सिधा हवाई उडानका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । भेटवार्तामा राजदूत गोदरले दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका साथै दुई देशबीचको पर्यटन व्यवसायलाई समेत सहयोग पुग्ने गरी इजरायल–नेपाल सिधा उडान गर्न चाहेको बताए ।

उनले दुई हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ए ३३० जहाज भाडामा लिने तयारी रहेको स्पष्ट पारेकार्यक्रममामन्त्री आलेले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्