Logo
Logo

इलाममा आफ्नै दाजुको हत्या गर्ने भाइ पक्राउ


504
Shares


काठमाडौं । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्