Logo
Logo

भ्लादिमिर पुटिन र इम्यानुएल म्याक्रोंबीच वार्ता



काठमाण्डौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच वार्ता भएको छ । फोन मार्फत भएको वार्तामा दुई देशका बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ ।

पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गरेका थिए । उनीहरुले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी समेत दिए । त्यहाँमा संचार माध्यमका अनुसार पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्