Logo
Logo

गायक प्रेमध्वज प्रधान र संगीतकार बाँस्कोटालाई भक्तराज संगीत सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।


भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपूर्ण योगदान पु¥याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्