Logo
Logo

कानुन व्यवसायी र ‘भिजिलान्ते’बीच झडप, तीन जना पक्राउ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र ‘भिजिलान्ते’बीच नेपाल बार एसोसिएसन परिसरमा झडप भएको छ । सोक्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार कानुन व्यवसायीको प्रदर्शनकैत्र क्रममा बार प्रवेश गरेका ‘भिजिलान्ते’ले प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन गरे ‘कालो कोट च्यातिदिने’ भन्दै धम्की दिएपछि दुई पक्षबीच झडप भएको थियो ।

कानुन व्यवसायीलाई धम्की दिने तीन जनालाई पक्राउ गरेपनि उनीहरूको पहिचान प्रहरीले खुलाएका छैन । यसअघि बिहीबार नै सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवासायीको आन्दोलनमा बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी घाइते भएको बारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्