काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन मिति पुनः संशोधन गरेको छ । राप्रपाले मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको हो ।
यस्तै, पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सरेको छ । भोलि अर्थात् ३ देखि ५ गतेसम्म तय गरिएको निर्वाचन मिति सरेको हो ।
मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।
राप्रपाले केन्द्रीय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय पनि गरेको छ ।












