काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छुट्टाछुट्टै अधिवेशन गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । बिहीबार (असोज १) सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पूर्वसभापति शेरबहादुर देउवासहितका नेताले छुट्टै अधिवेशन गर्नुपर्ने कुनै कारण नरहेकामा जोड दिएका हुन् ।

“यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कारण छैन । वा छुट्टै अरू केही गर्नुपर्ने अवस्था पनि छैन र कारण पनि छैन,” उनले भने, “त्यसकारण सबै सँगै जोडिऔँ । त्यसका निम्ति मैले मेरा तर्फबाट गर्नुपर्ने अरू कुरा गर्न पनि तयार छु ।”
हाल पार्टी नेतृत्वमा आफू रहेकाले थप विषय समेटेर लैजाने उनले बताए । “केमा लचकता राख्नुपर्ने हो, मैले कसरी लिएर जानुपर्ने हो मैले गर्छु र मिलाएर लिएर जान्छु,” उनले भने ।
अधिवेशनबारे जिल्ला, वडा र गाउँका नेताहरू कसैले पनि अलमलमा बस्नुपर्ने अवस्था नरहेको उनले बताए ।















