Logo
Logo

उद्देश्यविहीन भ्रमण र अनुपयुक्त समय


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
नेपालमा चुनावमा गरिएका प्रतिबद्धताहरु पूरा गर्नको लागि बजेट निर्माणको चटारो छ । यही बेला प्रधानमन्त्री केपी शर्मा ओली भने दुई दक्षिणपूर्वी एशियाली देश भियतनाम र कम्बोडियाको भ्रमण सकेर स्वदेश फर्कदैछन् ।

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

बजेट निर्माणजस्तो महत्वपूर्ण घडीमा मुलुकको कार्यकारी प्रमुखको अनुपस्थिति हुनु राम्रो होइन । भियतनामसँग हवाई सम्झौता गर्नको लागि मात्रै प्रधानमन्त्री ओली विदेशिनु उपयुक्त नभएको टिप्पणी गरिँदैछ ।

प्रधानमन्त्री ओलीको भियतनाम, कम्बोडिया भ्रमणबारे नेपालका परराष्ट्रविद्हरु पक्ष, विपक्षमा उभिएका छन् । मे १५, १९७५ मा कूटनीतिक सम्बन्ध गाँसिएको भियतनामसँग मात्र ३८ मिलियन डलरको कारोबार हुन्छ । यस्तै २०७२ सालमा नेपालमा भूकम्प गएको बेला भियतनामले ५० हजार डलरको सहयोग गरेको थियो । मुलतः प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि बुद्धको जन्म, ज्ञान प्राप्ति र परीनिर्वाणको सम्झनामा मनाउने गरेको ‘भैषाख डे’मा भाग लिन गएको हो । यस वर्ष १९ मे लाई ‘भैषाख डे’ घोषित गरिएको छ ।

प्रधानमन्त्री ओलीको यस भ्रमणले बुद्धको जन्मस्थल भारत हो भनेर जुुन भ्रम छर्ने काम भएको थियो, त्यसलाई चिरेर बुद्ध लुम्विनीमै जन्मिएको हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कूटनीतिक दायरा दक्षिण पूर्वी एशियाली देशमाझ पुग्न पनि मद्दत पुग्ने नै छ ।

लगभग बैंकककै हवाई दूरी (तीन घण्टाभन्दा कम) भएको भियतनामसँग समझदारी अनुरुप सोझो हवाई सम्पर्क स्थापित हुन सक्यो भने त्यो नै यस भ्रमणको उपलब्धि हुनेछ । भियतनाम र कम्बोडिया दुवै मुलुक लामो द्वन्द्वपछि तङ्ग्रिएका कम्युनिष्ट मुलुक हुन् । आज यी दुवै मुलुकको आर्थिक समृद्धितर्फ ठूलो फड्को मारेका छन् र नेपाल पनि लामो आन्तरिक द्वन्द्वपछि हाल स्थिरतातर्फ बढेको मुलुक हो । यस अर्थमा प्रधानमन्त्री ओलीले यी दुई देशको समृद्धिबाट पाठ लिन सकेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अवश्य पनि मद्दत पुग्नेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्