Logo
Logo

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते


126
Shares

रोल्पा । रोल्पामा यात्रु बाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङक जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बसमा १८–२० जना सवार रहेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्