Logo
Logo

एमाले महाधिवशेन स्थलमा ‘सेल्फी स्पट’


693
Shares

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । एमालेका अनुसार पाँच लाख उपस्थितिमा मआधिवेशनमा उद्घाटनका लागि मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गरिने भएको छ ।

मञ्च निर्माण व्यवस्थापनका सक्रिय विनोद श्रेष्ठका अनुसार मञ्चलाई चार भागमा विभाजन गरी कुर्सीको व्यवस्थापन हुनेछ भने अध्यक्षसहित पदाधिकारी र अतिथिहरु एउटा भागमा रहनेछन् । त्यस्तै, केन्द्रीय सदस्यहरु मञ्चको दोस्रो भागमा रहनेछन् ।

उद्घाटन समारोहका प्रमुख वक्ताहरुलाई अर्को भाग मञ्च व्यवस्थापन गरिनेछ । यस्तै, महाधिवेशन उद्घाटन स्थलमा ‘सेल्फी स्पट’समेत निर्माण गरिनेछ भने उद्घाटन स्थल र भरतपुरका चोकमा गरी २० वटा डिजिटल बोर्ड राखिनेछ ।

भरतपुर र नवलपरासीतर्फका विभिन्न ७ स्थानबाट आउने जुलुसलाई महाधिवेशन उद्घाटन स्थलसम्म लैजान र उद्घाटन कार्यक्रमलाई ब्यवस्थित गराउन कम्तिमा ५ सय स्वयंसेवक निरन्तर खटिने जनाइएको छ । अपरान्ह १२ बजे महाधिवेशनको उदघाटन हुने र साँझ ५ बजेभित्रमा समापन गर्नेगरी कार्यतालिका यसअघि नै एमाले नै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्