Logo
Logo

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन


315
Shares

काठमाडौं । महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)ले प्रदर्शन गरेको छ । सोक्रममा केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसी पारितका लागि दवाब दिन अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै क्रान्किारीले त्यसको विरोधका विरोध प्रदर्शन गरेको हो ।

प्रहरीले क्रान्तिकारी माओवादीका नेता टेकबहादुर विश्वकर्मासहित क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा, नेताहरु खगेन्द्र छन्त्याल, जगदीश महर्जन, राधाकृष्ण थापा, ज्ञान प्रसाद तिवारी, शंकर बोहरा, सुवास आरसीलगायतलाई पक्राउ परेको छ । क्रान्तिकारी माओवादसहितका साना दलले एमसीसीको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्