Logo
Logo

रोजगारीका लागि बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी



काठमाडौं । सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय भइरहेको जनाएको छ ।

शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको बताए । उनले कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल भएको बताए ।

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताउँदै भने, ‘हामी बेलायत जस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेका छौँ । त्यस्ता मुलुकमा श्रम सम्झौता गरेर श्रमिक पठाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्