Logo
Logo

रामराम भन्ने अवस्थामा पुग्दैछ निगम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गरेर निगमलाई नाफामा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सात महिना अगाडि निगमको कार्यकारी प्रमुखमा नियुक्त मदन खरेलले निगमलाई ‘राम राम… भन्ने काँध थाप्न नसकिने’ अवस्थामा पु¥याउँदै छन् । खरेल निगमको कार्यकारीमा आएदेखि उनले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणसमेत तिरेका छैनन् । न त तिर्ने उपायको खोजीमै उनी छन् । अहिले पनि निगमले मासिक १ अर्ब १० करोड आम्दानी गरिरहेको छ । निगमको चालु खातामा अहिले पनि ३४ करोड रुपैयाँ विभिन्न बैंक खातामा मौज्दात छ । तर, पनि उक्त रकम कोषलाई ब्याज नतिरेर विभिन्न बैंकमा रकम जम्मा गरेवापतको कमिशन खानेजस्तो घटिया काम निगम व्यवस्थापनले गरेको छ । निगमले समयमा कोषको साँवा ब्याज भुक्तानी नगरे ढिलो चाँडो आयटाले निगमलाई कालोसूचीमा राख्नेछ । आयटाले कालोसूचीमा राखेपछि यसको अन्तर्राष्ट्रिय उड्यान प्रभावित हुने कुराले निगम कर्मचारी चिन्तित छन् ।

निगमलाई नाफामा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सात महिना अगाडि निगमको कार्यकारी प्रमुखमा नियुक्त मदन खरेलले निगमलाई ‘राम राम… भन्ने काँध थाप्न नसकिने’ अवस्थामा पु¥याउँदै छन् । खरेल निगमको कार्यकारीमा आएदेखि उनले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणसमेत तिरेका छैनन् । न त तिर्ने उपायको खोजीमै उनी छन् ।

समाचार स्रोतका अनुसार निगमसँग भएको दुईवटा वाइडबडी ३३० र दुईवटा न्यारो बडी ३२० जहाजलाई मात्र व्यवस्थित रुपमा सञ्चालन गर्ने हो भने ती जहाजको आम्दानीबाट कोषको साँवा, ब्याज तिर्न पुग्छ । तर, निगम व्यवस्थापन भने भएको जहाज थन्क्याएर सरकारसँग २० अर्ब ऋण माग्ने चक्करमा लागेको छ । यो चक्करको पछाडि निगमको शेयर विदेशी कम्पनीलाई बेच्ने षड्यन्त्र हो भनेर दृष्टिले यस अगाडि पनि समाचार प्रकाशित गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भएको दुईवटा बोइङ बेचेर जहाजविहीन बनाएको निगमसँग अहिले चारवटा एयरबस कम्पनीको ‘ब्राण्ड न्यू’ जहाज हुनु भनेको निगमको पुर्नजन्म हो । तर पनि निगम व्यवस्थापन भएका जहाज थन्क्याएर बसेपछि सञ्चालक समितिको बैठकसमेत दुई महिनादेखि बस्न सकेको छैन । अर्थ मन्त्रालयबाट निगमको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव श्रीकृष्ण नेपालले सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएका छन् भने, पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव बुद्धिसागर लामिछानेले २० बुँदे असन्तुष्टिका बुँदा समेटेर पर्यटन सचिवलाई बुझाएका छन् । खरेलको व्यवस्थापनले कतिसम्म भने विदेश पोष्टिङ हुन चाहने आफ्नै कर्मचारीसँग पैसाको बार्गेनिङ गरेर लाजमर्दो काम गरेका छन् । जबकि यस अगाडि योग्यता र क्षमता भएर पनि एक पटक विदेश पोष्टिङ नभएका कर्मचारीलाई पोष्टिङको अवसर दिने गरिएको थियो ।

निगम स्रोतका अुनसार तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी अधिकारीले सन् २०२० भ्रमण वर्षलाई लक्षित गरेर थप दुईवटा न्यारो बडी, ६ वटा ट्वीनअटर र २ वटा एटीआर विमान खरिद गर्ने निर्णय गरिएको थियो । निजी क्षेत्रका विमान कम्पनीहरुलाई सहयोग पु¥याउन वर्तमान व्यवस्थापनले यो फाइललाई दराजमा थन्क्याएको मात्र होइन, भएका चारवटा चाइनिज वाईई १२ जहाज पनि छ महिनादेखि ग्राउण्डेड गरेर निजी क्षेत्रको सेवा गरिरहेको छ । खरेलले व्यवस्थापन सम्हालेपछि बालुवाटारको आदेशमा भन्दै चाइनिज जहाजका पाइलट उद्धव घिमिरेलाई प्रमोशन गरेर ठूलो जहाजका लागि टे«निङमा पठाएपछि अन्य सिनियर पाइलट नुरी शेर्पा, संजयवादे श्रेष्ठ र नरेन्द्र घिमिरेको स्वाभिमानमा ठेस पु¥याएका थिए । ६ महिनादेखि चाइनिज जहाज ग्राउण्डेड हुँदा निगमलाई कति नोक्सान प¥यो भन्ने कुराको हिसाबकिताब छैन ।

समाचार स्रोतका अनुसार माओवादी सरकारमा भएको बेला कर्मचारी संघका निमानन्द खनालमार्फत जनार्दन शर्मालाई भेटी चढाएर महाप्रबन्धक भएका खरेललाई नेकपाको दुईतिहाइको कुन शक्तिले फेरि निगमको कार्यकारी पदमा पु¥यायो भन्ने कुरा निगमका एमाले कर्मचारीहरुले सोधिखोजी गर्न थालेका छन् । निर्णय क्षमतामा असक्षम भएपछि कार्यकाल बाँकी छँदै राजीनामा दिएर भागेका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले टपक्क टिपेर निगमको जिम्मा दिन ओलीलाई के बाध्यता आइलाग्यो भन्ने प्रश्न पनि एमाले कर्मचारीहरुले गर्न थालेका छन् । खरेलको नियुक्तिसँगै प्रधानमन्त्री ओलीको नाम जोडिएकाले पनि खरेलको गलत क्रियाकलापप्रति ओली कठोर हुन जरुरी छ । खरेलले जसरी योग्य कर्मचारीलाई पाखा लगाएर भ्रष्ट कर्मचारीलाई प्रश्रय दिइरहेका छन्, त्यसले ढिलो चाँडो निगम डुब्ने खतरा बढेको छ । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थालाई हेरेर पनि ओलीले निगमलाई चुस्त, दुरुस्त सञ्चालन गर्न तदारुकता अपनाउनु पर्ने निगम कर्मचारीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्