Logo
Logo
दृष्टिका १० हेडेलाइन्स

प्रधानन्यायाधीशद्वारा वार्ता आह्वानदेखि १० हजार स्टाफ नर्स बेलायत पठाइनेसम्म



हेडलाइन्स्

१. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको आह्वान गर्दै नेपाल बारलाई पत्र पठाए, बारका पदाधिकारीसँग जुनसुकै समयमा पनि वार्ता गर्न तयार रहेको उल्लेख, छलफलबाट समाधान खोज्न आग्रह, आन्दोलनरत कानुन व्यवसायी भने प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म निरन्तर आन्दोलन गर्ने पक्षमा ।

२. एमालेको १०औं महाधिवेशनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो, प्रधानमन्त्री देउवा महाधिवेशनमा विशेष अतिथिका रुपमा उद्घाटन सत्रमा सहभागी हुने, भव्यताका साथ महाधिवेशन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको भन्दै प्रधामन्त्रीद्वारा सफलताको शुभकामना व्यक्त ।

३. नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, ओली–लुबीचको भेटमा एमसीसीबारे छलफल, एमसीसी पारित गर्ने या नगर्ने भन्दै लुले ओलीलाई प्रश्न गरे, आफ्नो दलसँग सरकारले एमसीसीबारे परामर्श नगरेको ओलीको जवाफ ।


४. नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभर वडा सम्मेलन गर्दै, देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन हुँदै, माओवादी पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि कोशेढुंगा सावित हुने विश्वास, ‘नयाँ क्रान्तीकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने नारा तय ।


५. नेकपा एमालेको आसन्न १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रयोग गरिने, विद्युतीय उपकरणमा मतदान गर्न १० देखि १२ घण्टा लाग्ने, मतदान सकेको ४ घण्टामै मतमरिणाम सार्वजनिक हुने, महाधिवेशनस्थलमा एक सय उपकरण प्रयोग गरिँदै ।


६. बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने सरकारको तयारी, बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी थालियो, तोकिएका तालिम सकेका र अनुभव पूरा गरेकाले मासिक साढे २ लाखभन्दा बढी पारिश्रमिक पाउने ।

७. अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)लाई लगाइने, यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्युजी’ प्रमाणपत्र दिने, शरणर्थीको प्रमाणपत्र पाएपछि फेरि पक्राउ नपर्ने ।


८. नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गऱ्यो, भविष्यमा घरजग्गाकै कारोबारमार्फत निम्तिने संकट रोक्न प्रतिवेदन तयार पारिएको भनाइ, घरजग्गा कारोबार थप व्यवस्थित हुने विश्वास, नेपालमा घरजग्गाको मूल्य वार्षिक २६ दशमलव ४,५ प्रतिशतले बढ्ने तथ्याङ्क ।


९. शहिद स्मारक ए–डिभिजन लिग सुरु, उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेले, दुवै टोलीले १–१ अंक जोडे, नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा आयोजना हुन लागेको फोर नेसन्स वुमन्स फुटबल प्रतियोगिता खल्ने, एशियन यु–१४ र्याङ्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को एकल विधामा नेपालका सक्षमविक्रम शाह र सुनिरा थापालाई स्वर्ण ।


१०. साउदी नेतृत्वको गठबन्धनद्वारा यमनको राजधानीमा हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण, रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ, बहुविवादित कृषिसम्बन्धी तीन कानुन भारत सरकारद्वारा फिर्ता, सर्वत्र स्वागत, किसान खुसी ।

प्रतिक्रिया दिनुहोस्