काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले र विराटनगर किंग्स विरुद्ध पहिले ब्याटिङ रोजेको छ ।

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।
आजको खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दै छन् ।
पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिस खेल्दै छन् ।


















