Logo
Logo

यस्तो छ बारको एकहप्ते आन्दोलनका कार्यक्रम


1.4k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले थप एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गरेको छ । बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए । तर उनको पत्र खारेज गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

-आइतबार अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दा नहेर्ने ।
– सोमबार संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने ।
-मंगलबार अदालतमा कुनै पनि मुद्दाहरु दर्ता नगर्ने ।
-बुधबार देशभरिका १८ वटै उच्च अदालतहरूमा बारका केन्द्रीय प्रतिनिधिहरू पठाएर वृहत् विरोध सभा गर्ने ।
-बिहीबार र शुक्रबार– विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने

प्रतिक्रिया दिनुहोस्