Logo
Logo

कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री अथक



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए ।

शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री गहतराजले म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका थिए । नेपालगन्ज म्याराथनले स्थानिय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए । खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री गहतराजको भनाई छ ।

म्याराथनमा सहभागी महानायक राजेश हमाल पनि हुन नेपालगन्ज पुगेका थिए । नेपालगन्ज खेलकुदको शहर भएको उनले बताए । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्