Logo
Logo

चितवनमा ‘खलनायकहरुको महाधिवेशन’ हुँदैछ : प्रचण्ड


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको १०औं महाधिवेशनलाई खलनायकहरुको महाधिवेशनको संज्ञा दिएका छन् ।

रौतहतको कटहरीयामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंसिर १०, ११ र १२ गते चितवनमा हुन लागेको एमालेको महाधिवेशनलाई ‘खलनायकहरुको महाधिवेशन’ भनेका हुन् ।

आफूलाई सिध्याउन एमालेले चितनवमा महाधिवेशन गर्न लागेको आरोप लगाउँदै प्रचण्डले माओवादीलाई कमजोर नठान्न चेतावनीसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘चितवनमा अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दैछन् । मलाई सिध्याउन त्यहाँ महाधिवेशन राखिएको हो । तर, जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

अध्यक्ष प्रचण्डले मधेसी जनतालाई धोका दिएको भन्दै मधेसवादी दलका नेताहरुलाई समेत खलनायक भनेका छन् । उनले भने– ‘तपाईंहरुले देख्नु भयो होला नि । मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने भन्दै हिँडेका महन्थ–राजेन्द्रहरु प्रतिगमनकारी केपी ओलीको टाङमुनी छिरे । मधेसी जनताका लागि उनीहरुले खलनायकको भूमिका खेले । तपाईंहरुले बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्