Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान


945
Shares

काठमाडौं । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै रातीको समयमा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी दुई दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०६ गते (सोमबार्र) दिउँसो प्रदेश १ को पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १ को पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०७ गते (मंगलबार) दिउँसोः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातीः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्