Logo
Logo

पशुपतिनाथमा रामदेवको योग शिविर



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान पशुपति नाथ क्षेत्रमा एक दिने योग शिविरको आयोजना गरिएको छ ।

पशुपतिनाथस्थित हंशमण्डपमा आयोजना गरिएको शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति रहेको थियो । योग शिविरबाट नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ ।

योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रामदेव बिहीबार नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्