Logo
Logo

काङ्ग्रेस महाधिवेशन सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन


504
Shares

कर्णाली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ९क० मा केशर वली, ९ख० मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा ९क० मा कर्णबहादुर बुढा र ९ख० मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्