Logo
Logo

जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुन्छ : अध्यक्ष नेपाल


693
Shares

काडमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार भएको उनको टिप्पणी थियो । हाल उद्योग मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको भन्दै आयल निगमले जनताको ढाड सेक्नेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुन नसकेको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘यसमा सरकार गम्भीर हुन जरुरी छ । म सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्छु र उचित निकासका लागि आफ्नो तर्फबाट पहल हुने नै छ ।’

प्रतिक्रिया दिनुहोस्