Logo
Logo

एमाले स्थायी कमिटी बैठक सर्‍यो


945
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलिका लागि सारिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । उनले भने, ‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ ।’

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्