काठमाडौं । भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन् । उनी बिहीबार नेपाल आइपुगेका हुन् ।

सन् २००७ को आईसीसी पुरुष टी-२० विश्वकप विजेता भारतीय टोलीका सदस्य पठानलाई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले क्रिकेट एम्बासडर नियुक्त गरेको थियो ।
भारतका पूर्व बायाँहाते तीव्र गतिका बलर तथा अलराउन्डर पठानले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ र ब्याटिङ दुवैबाट प्रभाव छाडेका थिए। भारतले सन् २००७ मा पहिलो पटक टी-२० विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।


















