Logo
Logo

चिनियाँ टेनिस खेलाडी पेङ्ग सुरक्षित


819
Shares

काठमाडौं । चिनियाँ टेनिस खेलाडी ले ओलिम्पिक अधिकारीहरूलाई आफू सुरक्षित रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसी ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअएले आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएकी हुन् ।

बिबीसीका अनुसार एउटा विज्ञप्तिमा आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेका थिए । उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो, विज्ञप्तिमा भनिएको छ।

आफूविरुद्ध एक वरिष्ठ मन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि ३५ वर्षीय पेङ्ग करिब तीन साताअ घिदेखि सार्वजनिक वृत्तबाट टाढा थिइन । उनको व्यापक रुपमा चासो थियो ।

सो पछि अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी र सरकारहरूले उनी सुरक्षित छिन् भन्ने प्रमाण उपलब्ध गराउन चीनलाई आह्वान गरेका थिए। ३० मिनेट लामो भिडिओ कलको सुरुमा पेङ्ग स्वाअएले आइओसीको चासोका लागि धन्यवाद दिइन्, उक्त विज्ञप्तिमा उल्लेख छ।

उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठिक रहेको बताइन । तर गोपनीयता हंक प्रयोग गरेको उल्लेख गर्दै उनले अहिलेको आफ्नो समय परिवार र साथीहरूसँग बिताउन चाहेको बताएकी छन् । ,ू

प्रतिक्रिया दिनुहोस्