Logo
Logo

शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशनदेखि नेप्सेमा पहिरोसम्म


756
Shares

हेडलाइन्स्

१. नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने, मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने, बालुवाटारका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लुकेर न्यायालय आउने गरेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना दिने ।

२. शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगको निर्देशन, निर्देशन उल्लंघन गरी सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीहरूको विवरण आयोगबाट अद्यावधिक नहुने, राजनीतिक दलले पनि सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई दलको सदस्य बनाउन नमिल्ने आयोगको भनाइ ।

३. १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल, महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो, १०३ जना प्रतिनिधि मनोनीत गर्ने स्थायी कमिटी बैठकको निर्णय, प्रदेश नम्बर २ बाट मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी ।

४. राजतन्त्र फर्काउन केपी शर्मा ओलीले संसद विघटन गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोप, संविधानलाई खारेज गर्ने र राजतन्त्रका साथ १७ साल फर्काउने प्रतिक्रियावादीहरुको प्रयास जनताको बलमा बिफल पारेको भनाइ, संविधान जोगाउन सबै एकजुट हुनुपर्ने धारणा, राजनीतिक परिवर्तनको प्रक्रिया चक्रव्युहमा पुगेको र यसलाई निकाल्नुपर्ने भनाइ, निर्वाचन प्रणाली र शासकिय स्वरुप तथा पहिचानका विषयमा संविधान संशोधन गर्नुपर्ने ।

५. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो, सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित, कारोबार रकम पनि घट्यो, कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यमा खरिद बिक्री ।

६. राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने, चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निवार्एचन एकै पटक गर्दा उपयुक्त हुने सुझाव ।

७. शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलद्वारा विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी मन्त्रालयको प्राथमिकताहरु सार्वजनिक, सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने, समयमा नै पाठ्यपुस्तकहरु विधार्थीको हातमा पु¥याइने, संघीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गरिने, गरिब जेहेन्दार विधार्थीलाई छात्रावृति दिइने जस्ता कार्यक्रम सार्वजनिक ।

८. जनमत पार्टीले मेचीमहाकाली ‘जनमत माटो यात्रा’ गर्ने, मंसिर १० गते लुम्बिनीबाट जनमत माटो यात्र सुरु गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहको भनाइ, मधेसका हेरक गाउँपालिका/नगरपालिका पुगेर त्यहाँको माटो संकलन गर्ने र अन्त्यमा सबै गाउँ/शहरको माटो मिलाएर मधेस एकता उद्यान निर्माण गर्ने,मंसिर ७, ८ र ९ गते छुटेका वडा तथा टोलहरुमा युवा दस्ता गठन गर्ने ।

९. आईसीसी टी–२० महिला विश्वकप छनोट खेलमा नेपालको सानदार जित, नेपालसँग भुटान ८ विकेटले पराजित, हरपुर क्रिकेट च्याम्पियनमा लुम्बिनी प्रदेशसँग विभागीय टोली नेपाल एपिएफ १६ रनले पराजित, वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खडकबहादुर बोहराको कप्तानीमा सुदूरपश्चिम प्रदेशद्वारा १४ सदस्यीय टोली घोषणा ।

१०. सोची वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्यालेस्टाइनी नेता महमुद अब्बासले मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने, प्यालेस्टाइनप्रति रुसको अडान पूर्ववत रहेको पुटिनको भनाइ, बुल्गेरियाको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु, श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते, इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु ।

प्रतिक्रिया दिनुहोस्