Logo
Logo

माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको मृत्यु



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्