Logo
Logo

घुसकाण्डमा फरार अख्तियारका पूर्व आयुक्त बिशेष अदालतमा उपस्थित


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १ जेठ । ७८ लाख घुस लिएको आरोपमा मुद्दा दायर भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बिशेष अदालतमा उपस्थित भएका छन् । बिशेषले उनको नाममा म्याद जारी गरेको थियो ।


अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ । बयानपछि थुनछेक आदेश हुने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल इन्जिनियरीङ कलेजको विवाद मिलाउने भन्दै घुस लिएका थिए ।
सो प्रकरणमा मुद्दा दायर भएका लम्बोधर न्यौपाने फरार नै छन् ।

प्रतिक्रिया दिनुहोस्