Logo
Logo

अब चितवनमै कलेजो प्रत्यारोपण, पुरानो मेडिकल कलेजले पायो अनुमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिरै पाइने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो ।

समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने बताइएको छ ।

पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो । समितिले दरखास्तको जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदन समेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण –नियमि¬त तथा निषेध) निर्देशिका, २०७५ को दफा ३ को उपदफा (२), खण्ड ‘ग’मा उल्लेख गरिएअनुसार कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो ।

सन् २०१५ अप्रिल २५ मा पुरानो मेडिकल कलेजले र्मिगौला प्रत्यारोपण गर्ने अनुमति पाएर सफल र्मिगौला प्रत्यारोपण समेत गरि सकेको छ । सन् २०१५ मै मुटुको सफल ओपन हर्टसर्जरी समेत पुरानो मेडिकल कलेजले गरिसकेको छ । अब पनि र्मिगौला प्रत्यारोपण र ओपन हर्टसर्जरीलाई निरन्तरता दिइनेछ ।

मुलुककै केन्द्रभागमा रहेको निजी क्षेत्रको पुरानो मेडिकल कलेजले यस्तो अनुमति पाएकोले पूर्व पश्चिम दुबैतिरका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ । अबको एक दुई महिना भित्र नै कलेजले प्रत्यारोपणको लागि उपयुक्त बिरामीहरु छनोट गरी प्रत्यारोपण कार्य अगाडी बढाइने तथा सुरुको समयमा कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि विश्वविख्यात कोरियन टोली र भारतीय चिकित्सक सहितको टोली आई प्रत्यारोपण गरिने अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्