Logo
Logo

‘मुलुक ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ’



चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए ।

फाइल फोटो

शुक्रबार चितवनमा सुरु भएको एमालेको १०औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै बादलले यस्तो बताएका हुन् । । उनले भने, ‘मुलुकको व्यवस्थापिका जनादेशबाट होइन, ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । जनादेशबाट बनेको सरकार अलोतान्त्रिक रुपमा परमादेशबाट विस्थापित गरिएको छ ।’

उनले देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त रहेको बताएँदै मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको आरोप लगाए ।

राष्ट्रियता, गणतन्त्र संघीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताउँदै उनले एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षपोषणमा लागेको आरोप लगाए । उनले भने, ‘एकातर्फ वामपन्थी र अर्कोतर्फ दक्षिणपन्थी अन्ध राष्ट्रवादी शक्ति रहेका छन् । यो अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य होइन ।’

प्रतिक्रिया दिनुहोस्