
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा गैँडा बोकिरहेको र गैँडा पाइएन भने बाँदरले बोक्ने बताएका छन् ।
शुक्रबार एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय अगुवा पार्टी प्रशिक्षण भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गर्दै गैँडाले झण्डा बोकेको र गैँडा पाइएन भने बाँदरले बोक्ने बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘गैँडाले त्यहाँ झण्डा बोकिरहेको छ। गैँडा पाइएन भने बाँदरले झण्डा बोक्नेछ। बाँदरबाहेक कोहीले बोक्नेवाला छैन ।’
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा गैँडाले झण्डा बोकेको चित्र प्रयोग भएको छ। मस्कट पनि सोही चित्रको आधारमा निर्माण भएको देखिन्छ।












