Logo
Logo

जनगणना गर्ने क्रममा एक सुपरिवेक्षक र दुई गणकको मृत्यु


2.5k
Shares

काठमाडौं । राष्ट्रिय जनगणना गर्ने क्रममा एक सुपरिवेक्षक र दुई गणकको मृत्यु भएको छ । गत कात्तिक २५ देखि शुरु भएको मूल गणना कार्य हिजो (विहीबार)सम्पन भएको थियो ।

जनगणना गर्ने क्रममा कैलालीमा एक सुपरिवेक्षक, धादिङ र रसुवामा एक–एक गणकको मृत्यु भएक तथ्याङ्क विभागले जनाएको छ ।

त्यस्तै चार जना गणकलाई कुकुरले टोकेको र दुई जनाको खुट्टा भाँचिएको छ । केही गणकलाई कोभिड–१९ सङ्क्रमणसमेत भएको विभागले जनाएको छ ।

विभागले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

उनीहरूका सन्दर्भमा सरकारकोतर्फबाट बीमा गरिएको र क्षतिपूर्तीको व्यवस्था बमोजिम सहजीकरणको कार्य भइरहेको विभागका सूचना अधिकारी तीर्थराज चौलागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्