
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने बताएका छन् ।
शनिबार संकमुलमा आयोजित समकालीन पुजीवाद र नेपालमा समाजवादी आन्दोलन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेता खनालले मार्क्सको पुँजीवादी पालादेखी हालको बैज्ञानिक समाजबादको सुरुवात चरणको व्यवस्था बारेमा आफ्नो धारणा राखेका थिए ।
नेता खनालले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने बताए । ‘क्रान्तिकारी सिद्धान्त बिना क्रिन्ति सम्भाव छैन । अब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ । अब दलाल पुँजीबादको शोषणमा पर्ने दिन गए । अब बैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गरौँ ।’
दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्ने उनको भनाई छ । ‘अब समाजबादी आन्दोलनको भुमिका दलाल पुजीवादीको अन्त गर्नुपर्छ’ उनले भने ।












