Logo
Logo
एमाले महाधिवेशन

नेम्बाङलाई राष्ट्रपति र शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रलोभन




चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन् । पदाधिकारी चयनमा सकस भएपछि अध्यक्ष ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने प्रलोभन दिएका छन् । शनिबार बिहान आफू बसेको होटलमै बोलएर ओलीले नेम्बाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका हुन् । तर, त्यसबारे नेम्बाङले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

यस्तै, अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने पलोभन दिएका छन् । महाधिवेशनमा सहभागी नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएकाले यसपटक सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्