Logo
Logo
एमालेको १०औं महाधिवेशन

एमालेमा १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी



सौराहा, चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा जारी छ । बन्दसत्रमा पेश भएको विधान संशोधन प्रस्तावसहित अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गर्ने प्रस्ताव पारित भएको छ ।

एमाले नेता चन्द्रभुषण साहका अनुसार ११ सदस्यीय अध्यक्षमण्डलको प्रस्ताव बन्द सत्रबाट पारित भएको छ । अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, सदस्यहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

त्यसैगरी, सात सदस्यीय माइन्युट कमिटीमा सचिव पृथ्बीसुब्बा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

यसैबीच पार्टीका संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए । पौडेलले पदाधिकारी र सदस्यको संख्या बढाउँने केन्द्रीय कमिटीको निर्णयअनुसार प्रस्ताव पेश गरेका हुन् ।

पारित विधान संशोधन प्रस्तावअनुसार अब एमालेमा १९ सदस्यीय पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटव्युरो कमिटी गठन गर्ने पारित विधानमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्