
काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तरगतको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रकृया स्थगित भएका छन् ।
रातसँगै चिसो पनि बढेका कारण अध्यक्षमण्डलसँगको छलफलमा सबै प्रकृया विहान ८ बजेसम्मका लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए । अध्यक्ष सुब्बाका अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् । नयाँ तालिका विहान सार्वजनिक गरिने छ ।
मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएतापनि रातको समयमा असहज हुने भएकाले स्थगित गरिएको उनले बताए ।











