Logo
Logo

विशाल भट्टराई एमाले केन्द्रीय सदस्यमै परेनन्



काठमाडौं । नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा समावेश नगरेका हुन् । भट्टराई नवौं महाधिवेशनबाट ओलीकै प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

ओलीको पक्षमा खुलेर लागेका उनले महाधिवेशनस्थलमा पनि अध्यक्षले जे घोषणा गर्छन् त्यही सबैले स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । भट्टराईले सचिवमै उठ्ने योजना बनाएका थिए । तर उनलाई केन्द्रीय सदस्यको सूचीमा राखिएन । ओलीले भट्टराईकै गृह जिल्ला खोटाङका खगेन्द्र राई र उषाकला राईलाई भने केन्द्रीय सदस्य बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्