
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने आएका छन् । उनी गृहसचिव भइसकेका व्यक्ति हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट न्यौपाने एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले पर्यटनमन्त्री भएको बेला पर्यटन सचिव भएपछि एकीकृत समाजवादीका नेता कार्यकर्ता आश्चार्यमा परेका छन् ।
उद्योग मन्त्रालयदेखि गृहमन्त्रालयसम्मको न्यौपानेको यात्रा विवादस्पद छ । निजामती क्षेत्रमा न्यौपाने बद्नाम सचिवका रुपमा चिनिन्छन् ।












