Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राजावादीको अधिवेशनदेखि संसद् अधिवेशन आह्वानसम्म



हेडलाइन्स्

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातै प्रदेश अधिवेशन सुरु, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहद्वारा विरोध, कर्णाली प्रदेश अधिवेशनको उद्घानट सत्र बहिष्कार, गण्डकीमा नाराबाजी, मङ्सिर १६ गते मतदाता नामावली प्रकाशित गर्ने, १७ गते उम्मेदवार मनोनयन पत्र दर्ता, जिल्ला अधिवेशन स्थगित, अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपछि माात्रै गरिने ।

२. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु, कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाए, अध्यक्ष डा प्रकाशचन्द्र लोहनीद्वारा पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत, १५ वर्षभित्र प्रति व्यक्ति आम्दानी तीन हजार डलर र्पुयाउने लक्ष्य, अध्यक्षको उम्मेदवारी दिन एक लाख शूल्क, उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार, महामन्त्रीको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकियो ।

३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन मङ्सिर २८ गतेको लागि बोलाइयो, संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयको भनाइ ।


४. राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने नेपका (माओवादी केन्द्र)को निर्णय, वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष, स्थगित भएको सबै पालिकाहरूमा शुक्रबारसम्म अधिवेशन सक्ने तयारी, परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा नेकपा (माओवादी केन्द्र)को विकल्प नरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ ।

५. संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि समाधानको उपाय खोज्ने सभामुख अग्निप्रसाद सापकोटाको भनाइ । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको संसदीय टोली स्वदेश फर्किए, आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको भनाइ ।

६. प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि सर्वोच्च अदालतमा मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा, प्रधानन्यायाधीश जबरालाई कार्यवाहक तोकेर बिदामा बस्न पाँच दलीय सत्तारुढ दलको सुझाव, जबराले शुक्रबार डिस्चार्ज हुने ।

७. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो, नेप्सेमा ४९ दशमलव ०४ अङ्कले घटेर दुई हजार ५८४ दशमलव ६१ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अङ्कले ओरालो लागेर ४८७ दशमलव २७ मा ओल्यो, कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ मूल्यमा खरिद बिक्री, शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार पुग्यो, काारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो ।

८. नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने, फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने, प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्ने, उपकरणको केन्द्रीय बैंकले तोकिएको दिनभित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्ने ।


९. अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीद्वारा सामूहिक राजीनामा, एन्फाले आफ्नो माग पूरा नगरेको रेफ्रीको भनाइ, यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश, प्रदेश १ एक विकेटले पराजित, दशरथ रंगशालामा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो चरणको दुई खेल दुई दिन पछि सर्यो, हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो तथा जावलाखेल युथ क्लब र मछिन्द्र मस्र्याङ्दीबीचको दोस्रो खेल बुधबार हुने ।


१०. कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोन भारत र अमेरिकाम पनि भेटियो, भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण भएको भारतको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, अमेरिकाको क्यालिफोर्नियामा पनि ओमिक्रोन पत्ता लागेको अमेरिकाका स्वास्थ्य अधिकारीहरुको भनाइ, श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण, साउदी अरेरिबायाको सैन्य कारबाहीमा तीनको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्