कलैया । बाराको कलैयामा हरवाचरवा अधिकार मंचको जिल्ला भेला आज सम्पन्न भएको छ । सम्पन्न भेलाले महावीर माझीको अध्यक्षतामा १५ सदस्यीय हरवाचरवा अधिकार मंच बारा जिल्ला कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी बिक, सचिवमा झगरु पासवान, सह–सचिवमा दलि माझी, कोषाध्यक्षमा धनमती राम रहेका छन् । यस्तै सदस्यहरुमा राजेश पासवान, हासिम अन्सारी, हिरामती गिरी, करिश्मा माझी, बन्धु राम, राकेश राम, भुलनी माझी, शन्त माझी, ललिता पासवान, दामोदर पासवान रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) प्रदेश २ का संसदीय दलका सचेतक एवं भेलाका प्रमुख अतिथि सुन्दर विकले अत्यन्तै पिछडिएका हरवाचरवाहरुको जीवन स्तर उकास्नका निम्ति तिनिहरुको आवश्यक मुद्दा सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेलामा द फ्रिडम फण्डका प्रामर्शदाता एवं कनुनी सल्लाहकार बलराम भट्टराई, हरवाचरवा अधिकार मंचका केन्द्रीय सचिव महमद काशिम अन्सारी, सिराहा अध्यक्ष श्यामसुन्दर सदा, दलित मुक्ती संगठन पर्सा अध्यक्ष सुशील हजरा, रास्ट्रिय दलित नेट वर्कका टिम लिडर हुकुम सार्की लगायतकाले शुभकामना व्यक्त गरेका छन् ।












