Logo
Logo

सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँचको सुनिश्चिता गर्दै शिक्षित समाज निर्माणमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउने छ भन्ने अपेक्षा गरे ।

एक्काइसौँ शताब्दीको विश्वपरिवेशमा समायानुकूल उत्कृष्ट जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रम विश्वविद्यालयले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले हाल विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक गतिविधिलाई अझै व्यावसायिक, वैज्ञानिक, अनुसन्धानमूलक, सेवामूलक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित गरी देशको चौतर्फी विकासमा कोसेढुङ्गा बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्