Logo
Logo

प्रधानन्यायधिशको राजीनामा माग गर्दै आज पनि सर्वोच्चमा धर्ना


252
Shares

काठमाडौं । प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले आइतबार पनि सर्वोच्चमा धर्ना दिएका छन् ।

कालो ब्यानरमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइबार पनि विरोध प्रदर्शन गरेका हुन् । प्रर्दशनमा सहभागीहरुले प्रधानन्यायधिशले राजीनामा दिनुपर्ने, बिचौलियालाई कारवाही गर्नुपर्ने लगाएतमा माग राखेका थिए ।

हड्ताल गर्ने न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलाशमा फर्किएपछि बारको आन्दोलन कमजोर देखिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफुहरुको आन्दोलन ११ देखि १२ बजेसम्म भएकाले सो अवधीमा इजलास नराख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्