Logo
Logo

इन्काउन्टरमा उत्रिए एसएसपी थापा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ ।
महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेको केही दिनमै एसएसपी सहकुल थापाले महत्वपूर्ण सफलता हात पारेका छन् । एक डकैतीमा खुंखार रहेका एक अभियुक्तलाई उनले पक्राउ गरेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका गोरे भनिने विष्णु तामाङलाई गोली हानेर महाशाखाको टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनी सात वटा डकैती घटनामा फरार थिए ।


पूर्व एआईजी जयबहादुर चन्द तथा पूर्व डिआईजी विश्वराजसिंह शाहीको घरमा समेत उनले डकैती गरेका थिए । २०७२ सालमा जेलबाट छुटेका उनले त्यसपछि फेरि डकैतीको आतंक मच्चाएका थिए । जो प्रहरीका लागि चुनौती बनेका थिए । उनको पक्राउले धेरै घटना रोकिने आँकलन गरिएको छ । खुट्टामा गोली लागेका तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ ।
गोली हानेर तामाङलाई पक्राउ गरेपछि पेशेवर अपराधीमाथि प्रहरी कडा बन्ने संकेत उनले दिएका छन् । साथै महाशाखाले नेटवर्किङ धन्दामा संलग्न एक भारतीय गिरोहलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्