Logo
Logo

हाँसोको पात्र बने डीआईजी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवाको तरंग अझै कायमै छ । झन्डै एक दर्जन सिनियर एसएसपीलाई उछिनेर विश्वराज पोखरेलको डीआईजीमा बढुवा भएपछि धेरैले आश्चर्य मानेका थिए । यसले प्रहरी संगठनमा नैराश्यता छाएको छ ।

डीआईजी पोखरेलको पनि फोटो बेबसाइटमा राखिएको छ र आफ्नै नाम समेत शुद्ध लेख्न नजानेको भनेर उनको आलोचना भइरहेको छ । नाम र थरको स्पेलिङ नै गलत लेखेको भनेर प्रहरी प्रधान कार्यालयमा चर्चा हुने गरेको छ ।

उनै पोखरेल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको समेत प्यारा भएका छन् । उनलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रवक्ता पदको दुःख पनि छन् सान पनि छ । प्रहरी बेबसाइटमा प्रवक्ताको फोटो प्रहरी महानिरीक्षकको जस्तै गरेर राख्ने गरिन्छ ।

डीआईजी पोखरेलको पनि फोटो बेबसाइटमा राखिएको छ र आफ्नै नाम समेत शुद्ध लेख्न नजानेको भनेर उनको आलोचना भइरहेको छ । नाम र थरको स्पेलिङ नै गलत लेखेको भनेर प्रहरी प्रधान कार्यालयमा चर्चा हुने गरेको छ ।

बेबसाइटमा उनको नाम अंग्रेजीमा bishwaraj pokhreal लेखिएको छ । जसमा नाम र थरको स्पेलिङ नै गलत लेखिएको छ । जुन अहिले हाँसोको विषय बनेको छ ।

तालिममा लफडा

अमेरिकी सरकारले नेपाल प्रहरीका एक अधिकारीलाई हरेक वर्ष एफबीआई एकेडेमीमा तीन महिने तालिम दिने गरेको छ । सो तालिमका लागि प्रहरीभित्र सधैं मारामार हुने गरेको छ ।

यो वर्ष पनि तालिममा लफडा भएको छ । दुई वर्षअघि भूपेन्द्र खत्री सो तालिममा गएका थिए । उनलाई रोक्न एक समूह लागेको थियो । यो वर्ष एसपी रमेश थापाको नाम तालिमका लागि सिफारिस भएको छ । तर, दूतावासले उनको नाम स्वीकार नगरेको स्रोत बताउँछ ।

दूतावासले एसएसपी तहको अधिकृतलाई स्वतः तालिममा पठाउन भनेर पत्राचार गरेको थियो । तर, प्रहरी प्रधान कार्यालयले एसपीलाई पठाएपछि विवाद भएको हो । केही एसएसपीले व्यक्तिगत रुपमा लबिङ गरेर सो तालिममा जानका लागि एसएसपीको मापदण्ड बनाउन लगाएको समेत चर्चा प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्