Logo
Logo

पाँचथर हत्या काण्डः ज्वाईले नै ९ जनाको हत्या गरेको आशंका


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ७ जेठ ।
पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या आफन्तबाटै भएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्या गरिएका बमबहादुर फियाककै ज्वाई नै यसमा संलग्न रहेको प्रहरी आशंका छ ।


उनका ज्वाई झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । हत्यापछि उनले आत्महत्या गरेको प्रहरी आशंका छ । मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका ज्वाईँ हुन् । सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका अर्का ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो ।

स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।
केही दिनअघि पनि नुनमा सिसा मिसाएर हत्या प्रयास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्