Logo
Logo

बुटवलका होटलमा यौनधन्दा,युवती सप्लाई गर्ने जोडी पक्राउ


- दृष्टि न्युज/संवाददाता


बुटवल, ८ जेठ ।
बुटवलका रेस्टुरेन्टहरुमा यौनधन्दा हुने गरेको खुलेको छ। प्रहरीले युवती सप्लाई गर्ने एक जोडीलाई पक्राउ गरेको छ ।

बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट १५ बर्षीया बालिक दिनहुँ यौन शोषणको पीडा सहन नसकेर भागेपछि यस्तो घटनाको पर्दाफास भएको हो।

गरिबीका कारण होटलमा भाँडा माझ्न बसेका किशोरीलाई अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकी थिइन्। घरमा गएर यस्तो घटनाबारे बताए पनि आमाले गम्भीर रुपमा नलिंदा उनले सहारा पाइनन्। कामको खोजीमा भारत पठाउने क्रममा नेपाल भारत सीमाबाट ती बालिकाको उद्धार गरिएपछि खोजी गर्दै जाँदा प्रहरीले यौनधन्दाको लहरो पत्ता लगाएको हो।

प्रहरीका अनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गरेर बुटवलका बिभिन्न होटलमा यौनधन्दाका लागि पठाउने गरिदै आएको थियो।
किशोरीले बयानका क्रममा आफुलाई गाडीमा राखेर अग्ला घरमा एसी चल्ने होटलमा पठाउने गरेको प्रहरीसमक्ष बनाएकी छन्। उनकै भनाईका आधारमा प्रहरीले होटल संचालक दम्पत्ती टेकबहादुर कुँवर र मिना कुमारीलाई नियन्त्रणमा लिएको हो।

कुँवर दम्पत्तीले युवतीहरुलाई एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजारसम्म लिने गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ह्रदय थापा बताले बताए। उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३ हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको थियो।

प्रतिक्रिया दिनुहोस्