Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक सुचारु



काठमाडौं । आज बिहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सुचारु भएको छ ।

हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । तर, अहिले साढे १० बजेबाट अवतरणको अनुमती दिइएको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका ड्युटी अफिसरका अनुसार दुवईबाट आएको हिमालय एयरलाइन्स ल्याण्ड भएको छ भने अन्य अन्तर्राष्ट्रिय फ्लाइटहरुलाई पनि अवतरणको अनुमती दिइएको छ । यसअघि अवतरण गर्न नसक्दा कतार एयरलाइन्स, फ्लाई दुवईलगायतका सात वटा विमान आकाशमै होल्ड भएका थिए ।

यस्तै तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरमा झरेको छ ।

त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ । यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्