Logo
Logo

ए डिभिजन लिगमा सातौं चरणका खेल आजदेखि सुरु



काठमाडौं । सहीद स्मारक ‘ए डिभिजन’ लिगमा सातौं चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्ने भएका छन् । शुक्रबार खेल दिउँसो १ बजे सुरु हुनेछ ।

६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ । एपीएफविरुद्ध जित हात पार्दै अंक तालिकामा शीर्ष तीनमा पर्ने योजनामा छ ।

यस्तै, एपीएफले आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने अपेक्षामा छ । एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ ।
आजै ४ः४५ बजे सुरु हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगको एकमात्र जितविहिन फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर सबैभन्दा तल छ ।

प्रतिक्रिया दिनुहोस्